मुलुकभर प्रि–मनसुन सक्रिय हुँदै, तराईमा चट्याङसहित वर्षा, सतर्क रहन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर मंगलवार राति हावाहुरीसहित वर्षा भयो । 

मुलुकको पश्चिमी भेगबाट प्रि–मनसुनलाई सक्रिय बनाउने प्रणाली भित्रिएकाले मुलुकभर हावाहुरीसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज (बुधवार)देखि तीन दिनसम्म उपत्यकासहित मुलुकभरको मौसम बदली हुने महाशाखाले जनाएको हो । 

उपत्यकामा अपरान्हपछि हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद बरुण पौडेलले जानकारी दिए । 

यस्तै, तराईका केही स्थानमा चट्याङ पर्ने सम्भावना रहेकाले सतर्क रहन पनि उनले आग्रह गरिन् । 

सुदूरपश्चिमबाट भित्रिएको प्रणालीका कारण काठमाडौंमा आज अपरान्ह हावाहुरीसहित हल्का वर्षा हुने सम्भावना रहेको उनको भनाइ छ । त्यस्तै पश्चिमका तराई क्षेत्रमा मंगलवार रातिदेखि नै मौसम बदली भएको र पूर्वतर्फ सर्ने क्रम रहेको उनले बताइन् ।

बेलुकाको समयमा मध्य तथा पूर्वी तराईका केही स्थानमा हावाहुरी चल्ने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?