गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका– ७ र ३ जोड्न झेंदीस्थित बडीगाड खोलामा भत्किएको पुलबारे अनुसन्धन गर्न विज्ञ टोली गुल्मी जाने भएका छन् ।
गत आइतवार ढलान गर्ने क्रममा पुल भत्किएको थियो ।
पुल भत्किदा ५ जना घाइते भएका थिए । पाँचमध्ये एकको अवस्था गम्भीर छ ।
कुल ५ करोड १७ लाख ८४ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको ५८ मिटर लम्बाइको पुल भत्किएकोबारे अनुसन्धान गर्न विज्ञसहितको टोली गुल्मी जान लागेका हुन् ।
पूर्वाधार विकास कार्यालय, गुल्मीका प्रमुख इञ्जिनियर विनोद चौधरीका अनुसार पुल ढलान गर्ने क्रममा पर्याप्त मात्रामा टेकाहरु नभएको र खोलामा पानीको मात्रा बढेका कारण पुल भात्किएको हुनसक्ने अनुमान गरिएको छ ।
यसैबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले भत्किएको पुलको स्थलगत अवलोकन गरेका छन् ।
पुलको स्थलगत अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री विष्टले पुल भत्कनुमा निर्माण पक्षकै कमजोरी रहेको बताए ।
‘निर्माण कम्पनकीकै कअमजोरीले पुल भत्किएकाले यही पक्ष नै जिम्मेवार हुनुपर्छ’ उनले भने, ‘पुल भत्किएपछि अब बन्दैन कि भन्ने चिन्ता तपाईंहरुमा पलालएको हुन सक्छ, पुल भत्किएकै स्थानमा बन्छ । ढुक्कु हुनुहोस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया