ट्रिपरको ठक्करबाट नुवाकोटमा एक जनाको मृत्यु

नुवाकोट । नुवाकोटमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएको छन् ।  

शुक्रवार बिहान बट्टारबाट गंगटेतर्फ गइरहेको बा ५ ख २८९८ नम्बरको ट्रिपरले विपरीत दिशाबाट आइरहेको ना ३३ प ३४६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । 

ट्रिपरको ठक्करबाट मोटरसाइकल चालक बट्टारका दिवाकर खनालको घटनास्थलमै मृतयु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको हो । 

घटनापछि आक्रोशित स्थानीयबासीले ट्रिपरमा आगजनी गरेका छन् ।   
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?