हत्या आरोपमा सांसद अनिरुद्धसिंह यादव पक्राउ

लोकपथ
117
Shares

काठमाडौं । मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धसिंह यादव पक्राउ परेका छन् ।

माओवादी नेता गोबिन्द चौधरीको हत्या अभियोगमा सांसद यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद यादवलाई प्रहरीले राजविराजबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सांसद यादवलाई पक्राउ गरी अदालतमा बुझाएको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले जानकारी दिए ।

जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतद्वारा दोषी ठहर भएका सांसद यादव लाई प्रहरीले अहिले राजविराजस्थित जिल्ला अदालतमा हाजिर गराएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?