काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षको जिम्मेवारी करुणा कटुवाललाई दिइएको छ ।
कांग्रेस सभापति गगनकुमार थापाले धनकुटाकी कटुवाललाई आगामी महाधिवेशन गराउने कार्यादेशसहित जिम्मेवारी दिएका हुन् ।
कटुवाल नेविसंघको ५ दशक भन्दा लामो इतिहासमै पहिलो महिला अध्यक्ष हुन् ।
गत वैशाख २१ गते सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले म्याद सकिएका भातृ संगठनहरु विघटन गर्ने निर्णय भएको थियो ।
सोही अनुसार यसअघि नै तरुण दलको अध्यक्षको जिम्मेवारी मनिष कोइराला तथा महिला संघको अध्यक्षको जिम्मेवारी मीना खरेललाई दिइएको छ ।
केही भ्रातृ संगठनहरुको अधिवेशन भइरहेको छ । कटुवाललाई तोकिएको समयमा महाधिवेशन गराउने गरी ११ बुँदे कार्यादेश दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया