काठमाडौं । विशेष अदालतले पूर्व सभामुख कृष्णबहादुर महरालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
सोमबार विशेष अदालतले महरालाई १ लाख धरौटीमा छाड्न आदेश दिएको हो । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले थुनछेक बहस भएको थियो । बहसपछि १ लाख धरौटी माग गर्दै छाड्न आदेश दिइएको हो ।
चिनियाँ तस्करहरुसँग मिलेर विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरेको आरोपमा अख्तियारले महरामाथि मुद्दा दायर गरेको थियो । ७ करोड ७८ लाख रुपैयाँ भन्दा बढीको भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
त्यसो त महरा यसअघि नै सोही प्रकरणमा पक्राउ परी थुनामुक्त भइसकेका व्यक्ति हुन् ।
०८२ साल मंसिर ११ गते उच्च अदालत पाटनले महरालाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसबेला जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि महरा थुनामुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया