सिम्रिक एयरमाथि कारबाही नगर्न उच्च अदालत पाटनको आदेश

लोकपथ
91
Shares

काठमाडौं । उच्च अदालत पाटनले सिम्रिक एयरमाथि कारबाहीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

अदालतले सिम्रिक एयर लिमिटेडलाई कारबाही गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न, नगराउन आदेश दिएको हो।

न्यायाधीश रमेश ढकालको एकल इजलासले प्राधिकरण र प्राधिकरणका महानिर्देशकले गरेको निर्णय र पत्राचार गैरकानुनी, अवैध र दुरासयपूर्ण देखिएको ठहर गर्दै भदौ ११ गते उक्त आदेश दिएको हो ।

साथै इजलासले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न कारण देखाउ आदेशसमेत जारी गरेको छ ।

सिम्रिक एयरका तर्फबाट दायर भएको रिट निवेदनमाथि प्राधिकरणले कारबाहीको निर्णय गरेको थियो । सो निर्णयप्रति असहमति राख्दै सिम्रिकले बदनीयतपूर्ण तरिकाले पूर्वाग्रहीढंगले प्रतिशोध साध्ने उद्देश्यसहित यस्तो निर्णय गरेको आरोप लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?