मोटरसाइकल पल्टिँदा चालकको मृत्यु

काठमाडौं । काठमाडौँ महानगरपालिका–७ गौरीघाटको मैंजुबहालस्थित सडकमा आज बिहान मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–७ गौरीघाट मैंजुबहालका २४ वर्षीय पारस थपलिया रहेको छ । 

बा ६८ प १०७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटनामा भई गम्भीर घाइते भएका थपलियाको दीर्घायु अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?