तनहुँको भानु नगरपालिकामामा चितुवा मृत फेला

दमौली । एक महीनाको अवधिमा तनहुँको भानु नगरपालिकामा दुई चितुवा मृत फेला परेका छन् । भानु नगरपालिका–५ चुँदीरम्घा र भानु नगरपालिका–२ शेखाटारमा पुसयता दुई चितुवा मृत फेला परेका हुन् । 

भानु नगरपालिका–५ चुँदीरम्घास्थित भानुभक्त शिखेरी कटेरी नजिक सोमबार भाले चितुवा मृत भेटिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए। 

चितुवाको घाँटीमा नङ्ग्राले चिथोरेको भेटिएको छ । मृत चितुवाको छाला निकालेर टिकौली सशस्त्र वनरक्षक तालीम केन्द्रमा पठाइने उनले बताए ।

यसअघि पुस २९ गते भानु नगरपालिका–२ मा भाले चितुवा मृत फेला परेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?