काठमाडौं–शिक्षक सेवा आयोगले अबदेखि शिक्षकको स्थायी परीक्षाको आवेदन फारम अनलाइनमार्फत भर्नुपर्ने व्यवस्था गर्ने भएको छ । परीक्षामा आवेदकले फाराम भर्दा समस्या बेहोर्नुपरेपछि आयोगले अनलाइनमार्फत फारम भर्ने व्यवस्था गर्न लागेको हो ।
आयोगका प्रमुख प्रशासकीय अधिकृत डा तुलसी थपलियाले शिक्षाका कार्यालयमै आएर फारम भर्दा बढी झन्झट र समस्या आउन थालेपछि अनलाइन प्रणालीको सुरुआत गर्न लागिएको जानकारी दिनुभयो । आयोगले ट्रायलका रुपमा अब आउने परीक्षामा यो व्यवस्था गर्न लागेको हो । स्थायी शिक्षकको आवेदनसँगै शिक्षण अनुमतिपत्रको परीक्षाको समेत अनलाइन फाराम भर्ने व्यवस्था गर्न लागेको हो ।
त्यस्तै आयोगले स्थायी पदका लागि आवेदन दिएको उम्मेदवारको प्रारम्भिक परीक्षा लिने व्यवस्था गर्न लागेको छ । ‘शिक्षक पदका लागि उम्मेदवारहरुको संख्या धेरै हुन थालेपछि प्रारम्भिक परीक्षाबाट परीक्षार्थी छनोट गरी परीक्षा लिने व्यवस्था गर्न लागेको हो । प्रमुख प्रशासकीय अधिकृत डा. थपलियाले प्रारम्भिक परीक्षाबाट छनोट भएपछि मात्रै स्थायी पदका लागि लिइने लिखित परीक्षामा सहभागी गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया