हेलो सरकारमा परेका १८ हजार उजुरीमध्ये ५ हजार फछ्र्योट

काठमाडौंँ- हेलो सरकारमा परेका उजुरीमध्ये एक वर्षमा २८ प्रतिशत मात्र फछ्र्योट भएका छन् । केपी शर्मा ओली प्रधानमन्त्री हुनुभएपछि २०७४ साल फागुन ३ देखि २०७५ साल माघ २५ सम्मको एक वर्षे अवधिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको हेलो सरकार शाखामा १८ हजार ६६७ उजुरी परेका थिए । ती उजुरीमध्ये पाँचहजार १९० उजुरी फछ्र्योट भएको जानकारी दिइएको छ ।
कार्यालयका अनुसार १३ हजार ४७७ उजुरी फछ्र्योट हुने प्रक्रियामा छन् । सरकारले २०६८ सालमा ‘हेलो सरकार कक्ष निर्देशिका’ जारी गरी हेलो सरकार शाखामार्फत् सर्वसाधारणका उजुरी लिन थालेको थियो ।
सञ्चालन भएदेखि शुक्रबारसम्म सो शाखामा ८४ हजार ७०३ गुनासा परेका छन् । तीमध्ये ६६ हजार १४६ (७८.०९ प्रतिशत) गुनासो फछ्र्याेट भए भने १५ हजार ५५७ (२१.९१ प्रतिशत) गुनासो फछ्र्योट हुन बाँकी रहेको हेलो सरकार शाखााका प्रमुख तथा उपसचिव प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।
गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?