माघ २५ गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो? एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७५ साल माघ २५ गते देश दुनियाँमा के–के घटना भए ?  जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर lokpath tv  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा lokpath tv लाई subscribe गर्न नबिर्सनुहोस् । 

१. प्रधानमन्त्रीसँग साढे दुई घण्टा- विरानगरका मेयर पराजुलीले के भने ?: विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगरे मेयर पराजुलीले प्रधानमन्त्री ओलीलाई भेटेका थिए । उनले प्रधानमन्त्री ओलीसँग करिब साढे दुई घण्टा बिताएका थिए । 

 

२. निर्मला पन्त बलात्कारपछि हत्याको एक सय ९५ दिन- कहाँ पुग्यो अनुसन्धान ?: “बलात्कारपछि हत्या भएको ६ महिना भयो । बलात्कारको घटनामा प्रमाण भनेको शरीर र लुगा हुन्छ । किन नष्ट गरेको ? सरकारले निर्दोषलाई दोषी करार गर्न खोज्यो । हत्यारा बालुवाटार र सिंहदरबारकै कुर्सीमा त छैनन् ?” बुधबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद डा. डिला संग्रौला कड्किन् । 

 

३. नवनियुक्त तीन राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहणः  राष्ट्रपतिद्वारा नवनियुक्त तीन राजदूतलाई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान आयोजित विशेष समारोहमा राष्ट्रपतिले संयुक्त राष्ट्रसङ्घ न्यूयोर्कका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई तथा सोही विश्वसंस्थाको जेनेभाका लागि स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईलाई शपथ गराएकी हुन् ।

 

राष्ट्रियसभा बैठकबाट चार विधेयक छलफलका लागि बहुमतले पारितः आज बसेको राष्ट्रियसभा बैठकबाट चार वटा विधेयक छलफलको लागि पारित भएको छ । शुक्रवार बिहान १०ः३० बजे बसेको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले गत बुधवार बसेको प्रतिनिधिसभा बैठकबाट विनासंशोधन पारित भएको विधेयकबारे जानकारी दिएका छन् ।

 

५. एनसेल  कर विवाद- सरकारसँग नै छैन हिसाबः एनसेलको कर विवादको सम्बन्धमा सर्वोच्च अदालतले अन्तिम फैसला गर्दै परमादेश जारी गरिसकेको छ । बुधवारको इजलासले  एन्सेल र आजिएटा दुवैलाई स्वामित्व बिक्रीको पुँजीगत लाभकर तिर्न सर्वोच्चले परमादेश जारी गरेको हो  ।

 

६. सरकारले भूमिहिन सुकुम्बासी र अव्यवस्थितका लागि ‘बसोबास आयोग’ गठन गर्नेः  सरकारले भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको समस्या समाधानका लागि ‘बसोबास आयोग’ गठन गर्ने भएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रश्नोत्तर’ कार्यक्रममा भाग लिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सो कुरा बताएकी हुन् ।

 

७.न्यायका लागि अनसन बस्ने सांसद राजेन्द्र लिङ्देनको चेतावनीः  राष्ट्रिय प्रजातन्त्रिक पार्टीका सांसद राजेन्द्र लिङ्देन न्यायका लागि अनसन बस्ने बताएका छन् । शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा लिङ्देनले आफ्नो क्षेत्रलाई सरकारले उपेक्षा गरेको भन्दै न्यायका लागि अनसन बस्ने चेतावनी दिएका हुन् ।

 

८. नयाँ बोलपत्र खर्चिलो- सम्झौता रद्द भए पनि सिएमसीलाई मेलम्चीको काममा फर्काउन पहलः सरकारले मेलम्ची ठेकेदार कम्पनी सिएमसीलाई नै कामका फर्काउनेबारे छलफल जारी राखेको छ । मेलम्ची खानेपानी आयोजना निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सिएमसीसँगको सम्झौता रद्द भए पनि खानेपानी मन्त्रालयले भने सोही कम्पनीलाई कामका फर्काउने विकल्पबारे छलफल जारी राखेको हो ।

 

 

९.बेपत्ता छानबिन, सत्य निरुपण्न तथा मेलमिलाप आयोगको म्याद एक वर्ष थपः  बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण्न तथा मेलमिलाप आयोगको म्याद  एक वर्ष थप भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण्न तथा मेलमिलाप आयोग (दोस्रो संशोधन)विधेयक प्रमाणीकरण गरेकी हुन् ।

 

१०. नागढुंगाबाट लागूऔषध सहित शेर्पा पक्राउः  महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुङ्गा स्थित चेकपोईन्टमा चेकजाँचको क्रममा  जनकपुरबाट काठमाडौं तर्फ आउँदै गरेको ना ८ ख १८०८ नम्बरको बसवाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।

 

११. आजबाट ‘समर लभ’ हलमा, सोलो रिलिजको फाइदा उठाउला?: आज शुक्रवारदेखि नेपालका हलमा फिल्म ‘समर लभ’ रिलिज भएको छ । सुबिन भट्टराईको उपन्यासमाथि बनेको यो फिल्मले रिलिजअघि राम्रै चर्चा कमाएको थियो । मुस्कान ढकालले निर्देशन गरेको यो फिल्ममा आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा, सरोज खनाल, सुरजसिंह ठकुरी लगायतका कलाकारले अभिनय गरेका छन् ।

 

१२. भ्यालेन्टाइन सप्ताह- आज ‘प्रपोज डे’, कसरी राख्दै हुनुहुन्छ ‘प्रेम प्रस्ताव’: आज ‘प्रपोज डे’ । भनिन्छ प्रेम आँखाबाट शुरु भएर मनमा पुगेर टुगिन्छ । प्रेमको भाषामा यसै भन्ने गरिन्छ । 
प्रेम आँखाले गर्ने कि मनले ? निसन्देश मनले गरिन्छ । तर, यसको शुरुवात भने आँखाबाट नै शुरु हुन्छ ।

 

१३. वातावरणमन्त्रीले भने, ‘बाँकेलाई औद्योगिक राजधानीका रुपमा विकास गछौँ’: प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बाँके जिल्लालाई औद्योगिक राजधानीका रूपमा विकास गरिने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँके शाखाले खजुरामा आयोजना गरेको औद्योगिक महिला उद्यमशीलता लघु घरेलु तथा कृषि प्रविधि पर्यटन महोत्सव उद्घाटनका क्रममा उनले भने, ‘यस प्रदेशमा औद्योगिक व्यापारका लागि नेपालगञ्ज प्रमुख नाकाका रुपमा रहेको र वैजनाथ नौवस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणले थप सहयोग पुग्ने छ ।’

 

१४. जलवीरे झरनामा पर्यटक लोभ्याउन पूर्वाधार निर्माण गरिदैंः पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा परिचित हुँदै गएको चितवनको इच्छाकामना गाउँपालिका– ६ जलविरेमा रहेको लामो झरनामा पूर्वाधार निर्माण भइरहेको छ । हेटौँडास्थित प्रदेश नं ३ पर्यटन विकास आयोजना कार्यालयबाट  २५ लाख उपलब्ध भएकाले लामो झरनासँगै भ्यूटावरसहितको गोलोघर निर्माण गर्न लागिएको जलविरे लामो झरना पर्यटन विकास समिति अध्यक्ष देवबहादुर गुरुङले जानकारी दिए । 

 

१५. थाई राजकुमारीको अभूतपूर्व निर्णय, प्रधानमन्त्रीमा उम्मेदवारी दिने घोषणाः आगामी मार्च महिनामा हुने आमचुनावमा एक जना थाई राजकुमारीले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । थाइल्यान्डको आधुनिक इतिहासमा राजपरिवारका कुनै सदस्यले मुख्य राजनीतिक भूमिकामा दाबी गरेको यो पहिलो घटना हो । 

 

१६. अमेरिकाको सहयोगलाई भेनेजुएलाले किन गर्यो अस्वीकार ?: अमेरिकाले भेनेजुएलालाई उपलब्ध गराएको मानवीयता सहायता बोकेका लरीहरु कोलम्बियाको सीमासम्म पुगेका छन् ।अमेरिकाले उपलब्ध गराएको खाद्यान्न र औषधि बोकेका लरीहरु कोलम्बिया सुरक्षाकर्मीले स्कर्टिङ गरेर सीमा क्षेत्रमा पु–याएका हुन् । भेनेजुएलाका अधिकारीहरुले अमेरिकाले पठाएको मानवीय सहायता अस्वीकार गर्दै ती लरीलाई सीमा क्षेत्रमै रोकेका छन् ।

 

१७. हिरो महिला गोल्डकप फुटबल- २३ तस्वीरमा हेर्नुहोस् नेपाली महिला टिमको अभ्यासः शनिवारदेखि भारतमा शुरु हुने हिरो महिला गोल्डकप फुटबलको लागि नेपाली महिला टोली अभ्यासरत छन् । प्रतियोगिता शुरु हुनुभन्दा एक दिन अगाडिसम्म नेपाली टोलीलाई मुख्य प्रशिक्षक हरि खड्काले भुवनेश्वरको मैदानमा अभ्यास गराएका थिए । भोली ‘शनिवार’ हुने पहिलो खेलमा नेपालले म्यानमारको सामना गर्दैछ ।

 

१८. ‘बी’ डिभिजन लिग फुटबलमा झम्सिखेल युथ क्लबको विजयी शुरुवातः शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा झम्सिखेल युथ क्लबले विजयी शुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रवार भएको पहिलो खेलमा झम्सिखेल युथ क्लबले ब्वाइज युनियन क्लबलाई एक/शुन्य गोल अन्तरले पराजित गरेको हो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?