लमजुङ । बाढीपहिरोका कारण छ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको छ ।
नासों गाउँपालिका–३ खोत्रो र चामे गाउँपालिका–५ कोतोमा खसेको पहिरो तथा सडकमा थुप्रिएको ढुंगामाटो हटाएपछि सडक सञ्चालनमा आएको हो ।
डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले पहिरो तथा सडकमा थुप्रिएको ढुंगामाटो हटाएपछि सडक सञ्चालनमा आएको जानकारी दिए ।
बाढीपहिरोका कारण बेँसीसहर–चामे सडकका विभिन्न खण्डमा पहिरो खस्नुका साथै कतिपय स्थानमा सडक भासिएको थियो । त्यसका कारण मनाङतर्फको यातायात तथा दैनिक उपभोग्य सामग्रीको ढुवानी प्रभावित भएको थियो ।
सडक सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीको ढुवानी तथा आवागमन सहज भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया