उपचारको क्रममा भुषालको मृत्यु भएपछि अस्पतालमा तोडफोड

चितवन । घाँस काट्ने क्रममा लडेर घाइते भएका कृष्णप्रसाल भुषालको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । 

भरतपुर महानगरपालिका ९ सरदपुरका ३८ वर्षीय भुसालको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले चितवन भरतपुरको मनकामना अस्पतालमा तोडफोड गरेका हुन् ।

पीडितका आफन्तले उपचारमा अस्पतालले लापरबाही गरेका कारण घाइतेको मृत्यु भएको आरोप लगाएका छन् ।

तोडफोडबाट अस्पतालको सीसा फुटेको छ भने कागजपत्र च्यातिएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तोडफोडबाट करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको छ भने प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?