धनगढी । भैंसीलाई गोठमा घाँस हाल्न गएकी १२ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
बाजुरा स्थानीय विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिका गोठमा भैंसीलाई घाँस हाल्न गएका बेला बुढीगंगा नगरपालिका–८ नुवाकोटका ४७ वर्षीय दलबहादुर थापाबाट बलात्कृत भएकी हुन् ।
थापालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी उद्धवसिंह भाटका अनुसार घटना ५ दिनअघि भएको हो ।
पक्राउ परेका थापाले बालिका बलात्कार गरेको स्वीकार गरिसकेको प्रहरीले बताए ।
बालिकालाई स्वास्थ्य परीक्षण गरी हाल मार्तडीस्थित सेफ हाउसमा राखिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया