जुवातास खेलिरहेका ७ जना पक्राउ

लोकपथ
26
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ लामपटी बस्ने आनन्द श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । नुवाकोट घर भएका ४० वर्षीय किरण राना मगरसमेत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार ३ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?