कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

लोकपथ
52
Shares

नुवाकोट । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ककनी गाउँपालिका-५ बस्ने ५८ वर्षीय भरत सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत नुवाकोटको २०७८ पुस २६ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ९ महिना २ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले नुवाकोट ककनी गाउँपालिका-२ खानीखोलाबाट पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत नुवाकोटमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?