मैत्रीपूर्ण टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालको शानदार जित

लोकपथ
676
Shares

काठमाडौं । मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गतको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले हराएको छ । वेस्ट इन्डिजले जितका लागि दिएको १ सय ७३ रनको लक्ष्य नेपालले १८.५ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालका लागि आसिफ शेख र अनिल साहले अर्धशतकीय पारी खेले । शेख र शाहले क्रमशः ५१ र ५८ रन बनाए ।

कुशल मल्लले १८ बलमा ३७ रन बनाउँदै खेलको सुखद अन्त्य गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि एलिक आथान्जेले सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा १ चौका र ३ छक्का हिर्काए । कप्तान रोस्ट चेसले २३ बलमा ३३ रन बनाए । त्यस्तै, ओपनर जोनसन चाल्र्सले २० बलमा २४ रन तथा म्याथ्यु फोर्डेले १२ बलमा २३ रनको योगदान दिए ।

नेपालका सोमपाल कामी र सागर ढकालले तीन/तीन विकेट लिए ।

नेपालको १५ सदस्यीय टोली आज साँझ नै विश्वकपका लागि अमेरिका उड्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?