काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर वायु प्रदुषण बढेको भन्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले प्रदूषण नियन्त्रणका लागि दबाब दिन प्रदर्शन गरेको हो ।
शनिबार युनियनका अध्यक्ष नेत्र चापागाइँको नेतृत्वमा प्रदर्शन गर्दै विद्यार्थी नेताहरुले बढ्दो वायु प्रदूषण नियन्त्रणका लागिसरकारसँग माग गरेका हुन् ।
उनीहरुले ‘स्वास्थ्यमाथि खेलवाड बन्द गर, स्वस्थ्य वातावरण सुनिश्चित गर’, ‘कुखुरी काँ, धुलो खुवा खाँ’, ‘नेता बस्छन् एसीमा, जनता डढेलो धुवाँमा’, ‘अब आँखा खोलौं, वायु प्रदुषण रोकौं’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
देशभर आगलागी र डढेलो बढेका कारण देशभर वायु प्रदुषण बढेको छ । काठमाडौं विश्वकै प्रदुषित सहरको सूचीको पहिलो स्थानमा छ । एक सातादेखि काठमाडौंको आकाश धुम्म भएको छ । चिकित्सहरुले घरबाहिर निस्किदा मास्क लगाएर मात्र निस्कन आग्रह गरेका छन् ।
![](https://www.lokpath.com/wp-content/uploads/2024/05/Photo-6-768x432.jpg)
![](https://www.lokpath.com/wp-content/uploads/2024/05/Netra-Chapagin-768x432.jpg)
![](https://www.lokpath.com/wp-content/uploads/2024/05/Photo-1-8-768x432.jpg)
![](https://www.lokpath.com/wp-content/uploads/2024/05/Photo-3-3-768x432.jpg)
![](https://www.lokpath.com/wp-content/uploads/2024/05/Photo-4-1-768x432.jpg)
![](https://www.lokpath.com/wp-content/uploads/2024/05/Photo-5-2-768x432.jpg)
![](https://www.lokpath.com/wp-content/uploads/2024/05/Photo-8-768x432.jpg)
![](https://www.lokpath.com/wp-content/uploads/2024/05/Photo-9-768x432.jpg)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया