गोरु पर्वलाई अन्तर्राष्ट्रिय अवार्ड

लोकपथ
2.3k
Shares

काठमाडौं । बंगलादेशको बोगुरामा आयोजीत तेस्रो बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३ मा पुरु लम्साल निर्देशीत वृत्तचित्र गोरु पर्वले उत्कृष्ट वृत्तचित्रको अवार्ड प्राप्त गरेको छ ।

जनवरी २६ देखी २८ सम्म आयोजना भएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भारत, बंगलादेश, नेपाल, फ्रन्स, इजिप्ट, ट्युनिसिया लगायत बिभिन्न देशका ४७ चलचित्र प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।

तारुकामा हरेक वर्ष माघे संक्रान्तीको अवसरमा आयोजना हुने गोरु जुधाउने परम्परामाथी निर्मित वृत्तचित्र सिने मेकर्स नेपालको प्रस्तुतिमा केपी पाठकले निर्माण गरेका हुन् । रमेशकुमार धमला र ज्योति सिंहले खिचेको वृत्तचित्रको सम्पादन लव प्याकुरेलले गरेका हुन् । वृत्तचित्रमा सुशीलसिंह ठकुरीको पाश्र्वगायन राजेन्द्र बजगाईँको पाश्र्वसंगीत रहेको छ ।

‘गोरु पर्व हाम्रो मौलिक संस्कृति हो । यसलाई अन्तर्राष्ट्रियकरण गर्ने एउटा प्रयास मात्रै हामीले गरेका हौँ । हाम्रा हरेक पर्व र संस्कृतिहरुको अन्तर्राष्ट्रिय प्रचार गर्न सके यसबाट पनि हामीले देशलाई चिनाउन सक्छौँ ।’ अवार्ड प्राप्त गरेपछि निर्देशक लम्सालले प्रतकिृया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?