काठमाडौं । लेखक तथा साहित्यकार शोभा अधिकारीको लघुकथा सङ्ग्रह ‘आमाको आँखा’ विमोचन गरिएको छ ।
शनिवार राजधानी काठमाडौंमा एक समारोहकाबीच लघुकथा सङ्ग्रह ‘आमाको आँखा’ विमोचन गरिएको हो ।
कार्यक्रममा बोल्दै लेखक अधिकारीले सङ्ग्रहमा समेटिएका लघुकथाहरू सत्य घटनामा आधारित रहेको र ती कथामार्फत मानवीय समवेदना तथा समकालीन समाजको यथार्थ चित्रण गर्ने प्रयास गरिएको बताइन् ।
उनले पछिल्लो समय मानिसहरू परिवार र आफन्तभन्दा टाढिँदै आर्थिक पक्षतर्फ केन्द्रित भइरहेका सन्दर्भलाई कथामार्फत प्रस्तुत गरिएको बताइन् । विशेषगरी आमाको भूमिका, माया र आवश्यकतालाई कथामार्फत प्रस्तुत गरिएको उनको भनाइ छ ।
उनले भनिन्, ‘यस लघुकथा सङ्ग्रहमा मानवीय समवेदना र समाजको प्रतिबिम्ब रुपमा उल्लेख गरिएको छ । यो सत्य घटनामा आधारित पनि छ । मानिसहरू पछिल्लो समयमा परिवार र आफन्तभन्दा पनि पैसाको पछि परिरहेको अवस्थामा जीवनमा आफन्त, विशेषगरी आमाको आवश्यकताको बारेमा उल्लेख गरिएको छ । यस लघुकथा सङ्ग्रहमा ४२ वटा कथाहरू छन् ।’
‘आमाको आँखा’लघुकथा सङ्ग्रहमा ४२ वटा कथा समावेश छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया