काभ्रेको रोशी खोलामा फसेकाहरुको सशस्त्र प्रहरीद्धारा उद्धार, डेढ सय बढी सवारी रोकिए

लोकपथ
0
Shares

काठमाडौं । वैशाख २१ गते वर्षातको कारण काभ्रेको नमोबुद्ध नगरपालीका–६ चौकीडाँडा र काभ्रे जिल्लाको रोशी गाउँपालिका-७ चारसय बेशीस्थित रोशी खोलामा पानीको सतह बढ्न गई सडक कटान गरी बाटो पुर्ण रुपमा अवरोध भाई फसेकाहरुको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

५ वटा इभि हाईस खोलामा फसेको फसेको जानकारी पाउनासाथ नं । १५ गण काभ्रे र मनसुन प्रतिकार्य बेश भकुण्डेबाट सशस्त्र प्रहरीको टोली तत्कालै उद्धारकार्यको लागि खटिएको छ ।

बिपी राजमार्ग सडकखण्डमा आवत जावत गर्ने सवारी साधनहरु सम्भावित जोखिमलाई मध्य नजर गर्दै बिपी राजमार्ग सडकखण्डमा रोशी गाउँपालिका ७ लासटोलबाट काठमाडौंतर्फ आउदै गरेको १ सय ६० वटा सवारी साधनहरु रोकेर राखिएको छ ।

५ वटा इभि हायस गाडिमा रहेक ६०६५ यात्रुको डोरि र जेसिबिको माध्यमबाट उद्दार गरिएको सशस्त्रका सहाय्क प्रवक्ता सैलेन्द्र थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?