काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय महेशराज पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको हो ।
गोल्छा पत्नी सीमा गोल्छाले थुनामुक्त गर्न माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले धरौटी वा जमानत लिएर थुनामुक्त गर्न भनेको छ । साथै बन्दीप्रत्यक्षीकरणको रिट समेत खारेज भएको संक्षिप्त आदेशमा उल्लेख गरिएको छ ।
गोल्छालाई गत वैशाख १० गते केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको थियो ।
नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि गोल्छालाई सीआईबीले नियन्त्रणमा लिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया