काठमाडौं । उच्च अदालत पाटनले चलचित्र लालीबजार प्रदर्शन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
मंगलबार उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको इजलासले वैशाख २२ गतेसम्म लालीबजार प्रदर्शन नगर्न अन्तरिम आदेश दिएको हो ।
वैशाख १८ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको उक्त चलचित्रमा नायीका स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ । बादी समुदायको जीवनमा आधारित रहेर निर्माण गरिएको चलचित्रले सम्बन्धित पक्षलाई असर पुर्याउने भन्दै उच्च अदालतले सो आदेश दिएको हो ।
‘बादी समुदाय लगायत कुनै पनि जातजाती, धर्म, वर्ण क्षेत्र सम्प्रदायका मानिसहरुको मान मर्यादा इज्जत प्रतिष्ठा र आत्मसम्मानमा आघात पुग्ने कसैप्रति घृणा द्वेष वा वैमनस्यता उत्पन्न गर्ने, साम्प्रदायिक दुर्भावना फैलाउने जस्ता शब्द चित्रसहितका चलचित्रहरुको प्रदर्शन गर्ने कुरामा नियन्त्रण कायम गर्न नेपालको संविधान एवं प्रचलित कान्नद्वारा निर्देशित दायरामा रही प्रभावकारी रुपमा नियमनकारी भूमिका निर्वाह गर्नू,’ भन्दै चलचित्र विकास बोर्ड तथा चलचित्र जाँच समितिका नाउमा निर्देशनात्मक आदेश समेत जारी गरिएको छ ।
‘…मिति २०८३–०१–२२ गते सम्म सार्वजनिक रुपमा लाली बजार नामक चलचित्र प्रदर्शन गर्ने कार्य नगर्नु नगराउनु भनी विपक्षीहरुका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया