वडा सदस्यको नेतृत्वमा बालुवा तस्करी

काभ्रे । भुम्लु गाउँपालिका– ६ स्थित सुनकोशी नदी किनारामा अवैध रुपमा बालुवा चोरी गर्ने वडा सदस्य सहितको समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेको समुहलाई छाड्न प्रहरीलाई राजनीतिक नेतृत्वले दवाव दिएका छन । प्रहरीले बालुवा चोरी गर्ने समुहको मुख्य गिरोहको खोजी गरिरहेको छ ।
गिरोहका मुख्य नाईके रमेश माझी भने फरार छन् । एसपी रविराज खड्काले गिरोहका सदस्यलाई पक्राउ गरी कारवाही शुरु गरेको बताए ।
‘सुनकोशी र पाँचखाल लगायतको क्षेत्रमा बालुवा चोरी गर्ने गिरोहलाई पक्राउ गर्न अभियान शुरु गरिएको छ’–एसपी खड्काले भने–‘प्राकृतिक श्रोतको दोहन गर्ने समुहलाई कारवाही हुन्छ ।’नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?