काठमाडौं । तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदिश भट्टले पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषद्मा निवेदन दिएका छन् ।
विष्ट र भट्टले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण पछि बर्खास्त भएका थिए । उनीहरुले निर्मला घटनाको अनुसन्धानमा लापरबाही गरेको भन्दै सरकारले बर्खास्त गरेको थियो ।
सरकारको निर्णयविरुद्ध विष्ट र भट्टले मन्त्रिपरिषद्मा निवेदन बुझाउँदै पुनर्वहालीको माग गरेका हुन् ।
मन्त्रिपरिषदको निर्णय भएको ३५ दिनभित्र पुनरावेदन गर्न पाउने प्रावधान छ ।
उनीहरुले मन्त्रिपरिषद्बाट निवेदन अस्वीकृत भए सर्वोच्च अदालत जाने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया