काठमाडौं । भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल आउँदैछन् ।
यहि मंसिर २६ गते जनकपुरमा हुने विवाह पञ्चमीको अवसरमा आयोजना हुने रामजानकी विवाह महोत्सवमा सांस्कृतिक दूतका रुपमा मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल आउन लागेका हुन् ।
उनले भने, ‘जनकपुरको भ्रमण मेरो लागि सांस्कृतिक यात्रा हो, राजनीति र धार्मिक यात्राभन्दा सांस्कृतिक यात्राले अझ बढी महत्व राख्छ । यो सांस्कृतिक यात्राले दुई देश जनकपुर र अयोध्यालाई जोडेको छ ।’
उनले थप्दै भने, ‘दुवै देशको सहमति भए माता सिताको माइती जनकपुर पुगेर श्रद्धाका साथ पुजा गर्ने इच्छा छ ।,’
उनले पत्रकारहरुसँग कुरा गर्दै आफू विवाह पञ्चमीमा जनकपुरधाम जान लालायीत रहेको समेत बताए ।
जनकपुरमा यही मंसिर २७ गते अयोजना हुने विवाह पञ्चमीमा मुख्यमन्त्री योगी सहभागी हुने छन् ।
जनकपुरमा योगिको स्वागतका लागि जानकी मन्दिर र प्रदेश २ सरकार तयारीमा जुटेका छन् ।
त्यस्तै मुख्यमन्त्री लालबाबु राउतले मंसिर २७ गते योगिकालागि भण्डाराको अयोजना समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया