महाकाली अञ्चल अस्पतालको बिजोग ! न एम्बुलेन्स न विशेषज्ञ डाक्टर, भारतले दिएको एम्बुलेन्स  यस्तो हालतमा

गोकुल जोशी 
महेन्द्रनगर- कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पताल दुई वर्षयता एम्बुलेन्सविहीन बनेको छ ।

अस्पतालमा रहेको एक मात्र एम्बुलेन्स पनि बिग्रिएपछि अञ्चल अस्पताल एम्बुलेन्सविहीन बनेको हो । 

भारतीय दूतावासले सहयोग गरेको एक मात्र एम्बुलेन्स पनि बिग्रिएर बेकामे बनेपछि अस्पताल आउने बिरामी एम्बुलेन्स सेवाबाट वञ्चित हुनुपरेको छ ।

अस्पतालका एम्बुलेन्स दुई वर्ष अगाडि नै बिग्रीएर थन्किएपछि अस्पतालसँग अहिले आफ्नो एउटा पनि एम्बुलेन्स नभएको अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले जानकारी दिए । उनले भने, ‘यसबारे सरकारलाई पटक–पटक जानकारी गरायौं तर हाम्रो कुराको सुनुवाइ भएन ।’

अञ्चल अस्पतालमा एम्बुलेन्सजस्तो अपरिहार्य साधन नहुँदा बिरामी मर्कामा परेका छन् । यदि बिरामी रेफर गर्न वा अन्य ठाँउ लैजानु परेमा चर्को भाडा तिरेर अन्य ठाउँमा एम्बुलेन्स लिउनुपर्ने बाध्यता छ ।

चुनावका बेला महाकाली अञ्चल अस्पताललाई मुख्य एजेन्डा बनाएका उम्मेदवार चुनाव जितेपछि अहिले अस्पतालको हालतबारे बेखबर बनेको स्थानीय बासिन्दाको आरोप छ । ‘एम्बुलेन्स नहुनु’ मात्र महाकाली अञ्चल अस्पतालको समस्या होइन। यो अस्पताल अहिले समस्या नै समस्याले जेलिएको छ ।

चुनावका बेला महाकाली अञ्चल अस्पताललाई मुख्य एजेन्डा बनाएका उम्मेदवार चुनाव जितेपछि अहिले अस्पतालको हालतबारे बेखबर बनेको स्थानीय बासिन्दाको आरोप छ । ‘एम्बुलेन्स नहुनु’ मात्र महाकाली अञ्चल अस्पतालको समस्या होइन। यो अस्पताल अहिले समस्या नै समस्याले जेलिएको छ ।

विशेषज्ञ डाक्टर नै छैनन् 
सरकारले महाकाली अञ्चल अस्पतालमा दरबन्दीअनुसार डाक्टर पठाउन सकेको छैन । हाल अस्पतालमा तीन जना विशेषज्ञ डाक्टर मात्र छन्। यद्यपि उक्त अस्पतालका लागि २७ डाक्टरको दरबन्दी छ ।
जसमा १८ जना भने विशेषज्ञ डाक्टर पर्छन् । विशेषज्ञ डाक्टर नहँुदा अस्पतालले दिने स्वास्थ्य सेवा प्रभावकारी बन्न सकेको छैन ।
हाल अस्पतालमा महिला तथा स्त्री रोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ र सर्जनबाहेक अन्य विशेषज्ञ डाक्टर नभएको महाकाली अञ्चल अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले बताए । दरबन्दीअनुसार डाक्टर नहुँदा एउटै डाक्टरले विभिन्न रोगका बिरामीलाई हेर्नुपर्ने अवस्था छ ।
कार्यालय प्रमुख पनि छैनन् 
अञ्चल अस्पताल ६ वर्षदेखि निमित्त कार्यालय प्रमुखको भरमा सञ्चालन भइरहेको छ । अस्पताल २०६९ सालयता प्रमुखविहीन बनेको हो। अहिले महिला तथा स्त्री रोग विशेषज्ञ हिक्मत श्रेष्ठ, निमित्त कार्यालय प्रमुखको रूपमा रहेर सेवा दिँदै छन् ।
कार्यालय प्रमुखका लागि ११औं तहका डाक्टर हुनुपर्ने प्रावधान तर महाकाली अञ्चल अस्पतालमा भने नवौं तहका डाक्टरले कार्यालय प्रमुखका रूपमा काम गरिरहेका छन् ।
‘आईसीयू’ सेवा आफै आईसीयूमा 
अञ्चल अस्पतालले दिने भनेको ‘आईसीयू’ सेवा आफंै ‘आईसीयू’मा भर्ना भएजस्तै भएको छ । अर्थात् आईसीयू सेवा अहिलेसम्म सञ्चालन हुन सकेको छैन ।
दुई वर्षअगाडि नै ‘आईसीयू’का उपकरणहरू जडान गरिए पनि सेवा सुरु हुन नसकेको हो । ‘आईसीयू’ सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा सेवा सञ्चालनमा आउन नसेको निमित्त प्रमुख हिक्मत श्रेष्ठ बताउँछन् ।

आईसीयू सञ्चालनका लागि फिजिसियन, एनएस थेसियन एक/एक जना, बाल रोग विशेषज्ञ र केही नर्स भए आईसीयू सञ्चालन गर्न सकिने उनी बताउँछन् । अञ्चल अस्पतालका समस्याबारे सरकारलाई जानकारी गराउँदा पनि आश्वासन मात्र पाउने गरेको उनले गुनोसो गरे ।

उनले भने, ‘आईसीयूका लागि आवश्यक सबै उपकरण जडान गरेर तयारी अवस्थामा राखिएको छ तर हामीसँग डाक्टरहरू छैनन्, त्यसैले सञ्चालनमा आएको छैन ।’
यदि दक्ष जनशक्ति भएमा तुरुन्तै ‘आईसीयू’ सञ्चालन गर्न सकिने उनले बताए । डाक्टर अभावमा दैनिक सेवा सञ्चालनमा समेत समस्या आइरहेका बेला ‘आईसीयू’ सञ्चालन हुन नसक्ने प्रमुख श्रेष्ठको भनाइ छ ।
आईसीयू सञ्चालनका लागि फिजिसियन, एनएस थेसियन एक/एक जना, बाल रोग विशेषज्ञ र केही नर्स भए आईसीयू सञ्चालन गर्न सकिने उनी बताउँछन् । अञ्चल अस्पतालका समस्याबारे सरकारलाई जानकारी गराउँदा पनि आश्वासन मात्र पाउने गरेको उनले गुनोसो गरे ।
महाकाली अञ्चल अस्पताललाई टिचिङ हस्पिटल बनाउने प्रतिबद्धता गरेर प्रतिनिधिसभाको चुनाव जितेका डा. दीपकप्रकाश भट्टले अस्पतालका लागि केही गर्न नसकेको स्थानीय बासिन्दाको आरोप छ । अस्पतालका विषयमा प्रतिनिधिसभाका सांसद भट्टसँग बुझ्दा आफ्नो चुनावी प्रतिबद्धतामा कत्ति पनि विचलित नभएको जिकिर गरे ।
उनले अस्पतालको गुणस्तर उकास्न आफूले सक्दो प्रयास गरिरहेको दाबी पनि गरे।

उनले भने, ‘मैले सक्दो पहल गरिरहेको छु । अब अञ्चल अस्पताल केन्द्र सरकारभन्दा पनि प्रदेश सरकारसँग जोडिएको छ । त्यसैले प्रदेश सरकारसँग समेत अस्पतालको समस्या समाधानका लागि छलफल गरिरहेको छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?