धादिङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते

काठमाडौं । धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बा३ख ८३९५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ३६प ८३७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

थाक्रे गाउँपालिका–६ दशकिलामा आइतवार बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गजुरी गाउँपालिका–५ का नारायणकाजी भण्डारीको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकलमै सवार अर्का १ व्यक्ति भने सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ । 

उनको अहिले धार्के अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि आक्रोसित बनेका स्थानीयले केहीबेर राजमार्गमा प्रदर्शन गर्दै सवारी सञ्चालनमा रोके लगाएका थिए । 

प्रदर्शनका कारण केहीबेर राजमार्गको सवारी आवागमनसमेत प्रभावित भएको थियो ।

प्रहरीका अनुसार अहिले राजमार्गको अवरोध हटाएर सवारी सञ्चालनमा ल्याइएको जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?