काठमाडौं । मुलुकका पहाडी भेगमा आंशिक बदली भइ वर्ष हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले मौसम पूर्वानुमानसम्बन्धि विज्ञप्ति जारी गर्दै आगामी तीन दिन पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको जनाएको छ ।
आइतबार पश्चिमी तथा पूर्वी पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा सामान्य बदली रहेको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस तथा अधिकतम तापक्रम १३ डिग्री सेल्सियस छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया