काठमाडौँ–४५ दिनमा छ लाख लाइसेन्स छाप्ने सम्झौता गरिए पनि दुई महिनामा बल्ल एक लाख १२ हजार थान लाइसेन्स छपाइ गरिएको छ ।
यातायात व्यवस्था विभागका अनुसार छाप्न सुरु गरेको ४५ दिनमा छ लाख लाइसेन्स छाप्ने सम्झौता थियो ।
लाइसेन्स प्रिन्ट गरिरहेको मालिका इन कर्पोरेटले तयारी विवरण पाउन नसक्दा ढिलाइ भएको जनाएको छ ।
कर्पोरेटका प्रवन्ध निर्देशक सुरेन्द्र ढकालले लाइसेन्स छाप्न लाग्दा विवरणमा समस्या देखिएको दावी गरे ।
छपाइएका लाइसेन्स सोमबारबाट वितरण गरिने विभागले जनाएको छ । अब हरेक दिन छपाइएका लाइसेन्सलाई दैनिक वितरण गरिने विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।
हाल दैनिक आठदेखि १० हजार थान लाइसेन्स छपाइँदै आएको छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया