नेपाली विमान ईयूको कालोसूचीमै

काठमाडौँ – नेपाली विमानलाई आफ्नो भूमिमा उड्न प्रतिबन्ध लगाउने गरी कालोसूचीमा राखेको युरोपियन युनियन (ईयू) ले त्यसलाई फेरि निरन्तरता दिएको छ ।

ईयूको हवाई क्षेत्रसँग सम्बन्धित ६र६ महिनामा हुने बैठकले कालोसूचीमा राख्ने निर्णयलाई निरन्तरता दिएको हो ।

ईयूले सन् २०१३ देखि नेपालको हवाई सुरक्षा क्षेत्र कमजोर रहेको भन्दै नेपाली विमानलाई युरोपेली भूमिमा उडाउन प्रतिबन्ध लगाउँदै आएको छ ।

नेपालका तर्फबाट पटक–पटक प्रयास भए पनि सूचीबाट हट्न सकेको छैन ।कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?