हेल्लो सरकारमा गुनासाका चाङ, जंगे पिलर हरायो, धर्म प्रचार गर्दै पैसा बाँडियो

काठमाडौं  –   अहिले काठमाडौंमा एसिया प्यासिफिक शिखर सम्मेलन चलिरहेको अवस्थामा प्रधानमन्त्री कार्यालयमै रहेको हेलो सरकार युनिटमा गाउँगाउँमा धर्म प्रचार गर्दै धर्म परिवर्तन गर्ने काम भइरहेको भन्दै रोक्न मागसहितको दर्जनौं उजुरी आइरहेका छन् । यो सम्मेलन पनि धर्म प्रचारका लागि गरिएको आरोप लाग्दै आइरहेको छ ।

प्रधानमन्त्री कार्यालयको हेलो युनिट कक्षमा पछिल्लो एक महिना यता आएका गुनासाका चाङमध्ये धर्म प्रचार रोक्नुपर्ने, जंगे पिलर खोज्नुपर्नेसहितका गुनासाहरू निकै संवेदनशील र महत्वपूर्ण भए पनि ती गुनासाको उचित सम्बोधन भने हुन सकेको छैन ।

हेलो सरकार युनिट शाखाका अनुसार कार्यालयमा एक महिनाको अवधिमा यस्तै प्रकृतिका झन्डै १ हजार गुनासा दर्ता भएका छन् । तर, दर्ता भएका मध्ये अधिकांश गुनासाको सम्बोधन हुन सकेको छैन । आजको राजधानी दैनिकमा खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?