अब हरेक पाँच बर्षमा डाक्टरको परीक्षा

काठमाडौं -डाक्टरहरुको स्वास्थ्य सेवामा चौतर्फी प्रश्न उठ्न थालेपछि हरेक पाँच बर्षमा उनीहरुको परीक्षा हुने भएको छ ।

गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सकको क्षमता बृद्धिका लागि भन्दै मेडिकल काउन्सिलले पाँच—पाँच बर्षमा परीक्षा लिन लागेको हो ।

यसअघि एकपटक लाईसेन्स पाएपछि सधैँका लागि सेवामा योग्य हुने व्यवस्था थियो ।

तर, अब हरेक पाँच बर्षमा हुने परीक्षामा सय नम्बर ल्याएपछि मात्रै लाईसेन्स नवीकरण हुने आजको नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?