दैलेख दुर्घटना अपडेट  : मृत्यु हुनेको संख्या ६ पुग्यो

दैलेख । दैलेखमा बुधवार बिहान भएको जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ पुगेको छ । 

सुर्खेतबाट दैलेखको ठाँटिकाँध गाउँपालिकाको वहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप  ठाँटिकाँध गाउँपालिका– ३ को धामीगाउँ नजिक दुर्घटनामा परेको हो । दुर्घनामा २ जना घाइते छन् । 

मृत्यु हुनेमा ठाटीकाध गाउँपालिका १ का ३० वर्षीया निर्मल बम, ३ का ४० वर्षीय राजेन्द्र बहादुर शाही ४ की रत्ना शाही, चालक रमेश शाही, वडा नं.३ का २६ वर्षीय दिलिप शाही र सोही गाउँपालिका वडा नं.१ का समशेर पुन रहेको दैलेख प्रहरीले जनाएको छ।क्षेत्रीका अनुसार घाइते २ जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

जिप सडकदेखि करीब ५० मिटर तल खसेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?