दैलेख । सुर्खेतबाट दैलेको ठाँटिकाँध जाँदै गरेको लु२च २२०७ नम्बरको निजी जीप ठाँटिकाँध गाउँपालिका–३ डांग्रे भन्ने स्थानमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
दुर्घटनामा ठाटीकाँध गाउँपालिका–१ का ३० वर्षीय निर्मल बम, वडा नम्बर–२ का जीप चालक रमेश शाही, वडा नम्बर–४ की रत्ना शाही र राजेन्द्रबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिए ।
दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारको लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिए ।
जीप कच्ची सडकबाट करिब २ सय मिटर तल भीरमा खसेको र दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले बताए ।
गम्भीर घाइते चारै जनालाई उपचारका लागि सुर्खेत पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया