बलात्कार प्रयास गरेको आरोपमा एक युवक पक्राउ

तेह्रथुम । १३ वर्षीया बालिकालाई जबर्जस्ती बलत्कार प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।

परिवारको उजुरीको आधारमा पाँचथरको कुम्मायक गाउँपालिका–४ रानीगाउँ घर भई हाल म्याङलुङमा डेरा गरी बस्दै आएका २३ वर्षीय सन्तोष लिम्बूलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक नारायण गौतमले बताए ।

उनका अनुसार मंगलवार राति साढे ९ बजे बालिकाको कोठामा गई जबर्जस्ती गर्न खोजेको परिवारको उजुरीपछि लिम्बूलाई पक्राउ गरिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?