आइतबार चार्टर्ड उडान मात्रै हुने

लोकपथ
143
Shares

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन मुलुकको आन्तरिक उडान नहुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आइतबार तारा एयरले चार वटा चार्टर्ड उडानका लागि अनुमति लिएको छ । तारा एयरले लुक्लाबाट काठमाडौं पर्यटक ल्याउनका लागि चार्टर्ड उडान गर्ने जनाइएको छ ।

हेलिकप्टरको पनि केही उद्धार उडान हुने विमानस्थलले जनाएको छ । अन्तर्राष्ट्रियतर्फ भने नियमित उडान हुने विमानस्थलका प्रवक्ता सिटौलाले बताए । आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?