वार्ताका लागि सरकारले विप्लव समूहलाई पत्र समेत पठाइन

काठमाडौं– सरकारद्वारा गठित राजनीतिक वार्ता टोलीले हिंसात्मक क्रियाकलाप र विखण्डनकारी गतिविधिमा संलग्नसँग भन्दा खासै चर्चामा नरहेका समूहसँग वार्ता अघि बढाएको छ । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

आफ्नो अस्तित्व र प्रभाव देखाउन हिंसात्मक गतिविधि गर्ने नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) लाई वार्ता टोलीले छलफलका लागि पत्राचारसमेत गरेको छैन । त्यस्तै मधेसलाई छुट्टै देश बनाउनुपर्ने माग राख्ने सीके राउतसँग पनि वार्ता भएको छैन ।

टोलीले ३२ वटा असन्तुष्ट समूह पहिचान गरी १७ वटासँग वार्ता गरेको संयोजक सोमप्रसाद पाण्डेयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?