जबरजस्ती करणी आरोपमा अदालतका तहसिलदार पाण्डेमाथि मुद्दा दायर

लोकपथ
130
Shares

दाङ। दाङ जिल्ला अदालतका एक कर्मचारीविरुद्ध जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।

अदालतका तहसिलदार निरञ्जन बाबु पाण्डेमाथि जबरजस्ती करणीमा मुद्दा दर्ता भएको हो । प्रहरीका अनुसार पीडित महिलाले अदालतकै सरकारी क्वाटरमा बलात्कार गरेको आरोप लगाउँदै मुद्दा दर्ता गरेकी हुन् ।

घोराही उपमहानगरपालिका-१७ की २८ वर्षीया ती महिलाले आफूमाथि बलात्कार भएको भन्दै उजुरी दिएपछि प्रहरी घटना अनुसन्धानमा जुटेको छ ।

आरोपी तहसिलदार पाण्डेको दाङ जिल्ला अदालतबाट सरुवा भइसकेको छ ।साथै प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?