दशैँको बेला उपत्यकामा मात्रै सवारी दुर्घटनामा १३ जनाको मृत्यु

काठमाडौं । घटस्थापनादेखि सोमवारसम्म उपत्यकाका तीन जिल्लामा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर र १ सय ८६ जना सामान्य घाइते भएका छन्।

काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा असोज २४ गते घटस्थापना देखि कात्तिक ५ गते सोमवार बिहानसम्म भएका सवारी दुर्घटनामा १३ जनाको मृत्यु हो । 

 ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर सवारी चलाएका १ हजार ७९ सहित ३ हजार ७ सय ३३ सवारी साधनलाई कारवाही गरेको छ। बढी भाडा लिएका ९ सय ५० बढी ट्याक्सी र बढी भाडा लिने लामो दुरीका सवारी चालक तथा विचौलिया २९ जनालाई प्रहरीले कारवाही गरेको छ।

 दशैँ तिहार तथा छठ पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाको १ सय १४ स्थानमा ६ सय ८७ जना जनशक्ति महानगरीय ट्राफिक प्रहरी महाशाखाले परिचालन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?