भृकुटीमण्डपमा फर्निचर एण्ड फर्निसिङ एक्स्पाे हुँदै, २५ नम्बर स्टलमा ‘मिस्टिक’ ब्राण्ड

लोकपथ
49.3k
Shares

काठमाडाैं ।  फर्निचर तथा फर्निसिङ एक्स्पाे आगामी भदौ २३ गतेदेखि २७ गतेसम्म हुने भएको छ । फर्निचर एण्ड फर्निसिङ एसोसिएसनले आयोजना गर्न लागेको उक्त प्रदर्शनीमा विभिन्न कम्पनीले आफ्नो ब्राण्ड प्रस्तुत गर्दैछन् ।

प्रदर्शनीमा विगत दुई वर्षदेखि फर्निचर सामान उत्पादन, विक्री, वितरण तथा बजारीकरण गर्दै आएको डाइनामेटिक विजनेश प्रालि पनि सहभागि हुने भएको छ । प्रालिले मेन हलको २५ नम्बर स्टल बुकिङ गरिसकेको कम्पनीका निर्देशक आशिष पराजुलीले जानकारी दिए ।

डाइनामेटिक विजनेसले झापास्थित खगेन्द्र काष्ठ उद्याेगकाे सहकार्यमा साेही प्रदर्शनीमार्फत ‘मिस्टिक’ ब्राण्ड लन्च गर्दैछ । डाइनामेटिकले उक्त प्रदर्शनीमा ‘मिस्टिक’ ब्राण्डका विभिन्न अफिस फर्निचरका सामानहरु राख्ने पराजुलीले बताए ।

२० वर्ष अघि सञ्चालनमा आएको खगेन्द्रद्वारा उत्पादित फर्निचरहरु गुणस्तरीय रहेको पराजुली बताउँछन् । ‘पहिला सामान्य प्लाइबाट फर्निचरका सामान बन्थे,’ उनले भने, ‘अहिले हामी एम.डी.एफ बाेर्ड र प्लाईबाट फर्निचर उत्पादन गर्छौं ।’

एमडीएफ बाेर्डबाट सामान उत्पादन गर्ने सम्भवत खगेन्द्र काष्ठ उद्याेग नेपालकै पहिलो उद्याेग हाे। नेपालमा एमडीएफबाट बनेका सामानहरु चीनबाट मात्रै आउँछन् । जो निकै महंगो हुन्छ । तर, खगेन्द्रले उत्पादन गरेकाे एमडीएफका सामान भने सस्तो र बलियो भएकाे कम्पनीले जनाएको छ ।

याेसँगै डाइनामेटिकले नेपालभरका झण्डै ८० वटा डिलरमा मिस्टिक ब्राण्डका सामान पठाउने भएकाे छ। प्रदर्शनीमा अफिसियल टेबल, सोफा, कफी टेबल, मिटिङ टेबल, चेयर, फाइल क्याबिनेट लगायतका सामान राख्ने जनाइएको छ । मिस्टिक ब्राण्डका सामान खरिदमा १० वर्षको वारेन्टी प्रदान गरिने पराजुलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?