‘सरकारले नवप्रवर्द्धन कार्यक्रममा छुट्याएको ८८ करोड बजेट अहिलेसम्म निकास गरेन’

लोकपथ
35
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले, सरकारले नवप्रवर्द्धन कार्यक्रममा भनेर छुट्याएको ८८ करोड बजेट अहिलेसम्म निकासा नगरेको भन्दै गुनासो गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा अन्तरर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले, उक्त कार्यक्रमका लागि विभिन्न मापदण्डबाट एक सय चार वटा पालिकालाई छनोट गरेर अभिमुखीकरणपनि दिएको भन्दै बजेटका् लागि हार गुहार गर्दा पनि निकासा हुन नसकेको बताए ।

उनले भने, ‘सरकारले नव प्रवर्द्धन कार्यक्रममा भनेर ८८ करोड बजेट छुट्याएको थियो । त्यसमा हामीले एक सय चार वटा पालिकालाई विभिन्न मापदण्डबाट छनोट गरेको थियौ. । उहाँहरुलाई अभिमुखीकरणपनि दियौं । ८८ करोड रुपैयाँ मध्य अहिलेसम्म एक रुपैयाँ पनि आएको छैन् । धेरै हार गुहार ग-यौं अर्थमन्त्रालय नाइ पनि भन्दैन् । दिन पनि दिँदैन् । साउनमापछि निकासा सदनुपर्ने बजेट अहिलेसम्म सदएको छैन् । सफल भएको छैन् ।’

उनले संघीय निजामति सेवा ऐन देशभरी नै सुशासन कायम गर्ने विधेयक भएकाले चाँडो पास गर्नुपर्ने बताए । देशव्यापिरुपमा कर्मचारीहरुको व्यवस्थापन असाध्यै अप्ठ्यारो भएको भन्दै विधेयकलाई राजनीतिक रुपमा सहमति गरेर आउँदो अधिवेशनमा पहिला यसलाई समितिमा ल्याएर छलफल गरी पारित गर्नुपर्ने बताए ।

उनले भने, ‘संघीय निजामति सेवा ऐन संसोधन त परिसक्यो अब त्यो सकितिमा आउन बाँकि छ । यो विधेयक अलि महत्वपूर्ण नै छ । अहिले देशभरी नै सुशासन कायम गर्ने यो विधेयकलाई चाँडो पास गर्नुपर्ने छ । अहिले जति पनि कर्मचारीको समस्या आउँछन् । कानुन अत्तरर्गत त्यसको समाधान गर्ने उपाए छैन् ।

देशव्यापिरुपमा कर्मचारीहरुको व्यवस्थापन यति अप्ठ्यारो छ । त्यसैले यो विधेयकलाई राजनीतिक रुपमा सहमति गर्नुपने छ ।आउँदो अधिवेशनमा पहिला यसलाई समितिमा ल्याएर पारित गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?