बागमती प्रदेश अधिवेशन बोलाउन दलहरू सहमत

लोकपथ
0
Shares

हेटौँडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन वैशाख ३१ गते बोलाउन दलहरू सहमत भएका छन् । आज बसेको सर्वदलीय बैठकमा सहमति भएका हुन् ।

त्यस्तै बजेटमाथिको विगतको कमजोरी सुधारेर सन्तुलित र व्यवहारिक बजेट बनाउन पनि दलहरू सहमत भएका छन् । यसअघिको बजेट सन्तुलित नभएको भन्दै विरोध भएको थियो ।

सर्वदलीय बैठकले प्रदेशसभाका पाँच संसदीय समिति सभापति चयनका लागि दलका प्रमुख सचेतकहरू सदस्य रहेको कार्यदललाई सहमति जुटाउन अनुमति दिने निर्णय पनि गरेको छ ।

कार्यदलले जेठ ४ सम्म समिति सभापतिका लागि सहमति जुटाउन नसके निर्वाचन प्रक्रिया अघि बढाउनेबारे दलहरू सहमत भएका छन् ।

सर्वदलीय बैठकमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले समिति सभापतिमा मुख्य पाँच दललाई एक एक समिति सभापति दिने गरी प्रस्ताव पेस गरेका थिए । कार्यदलले यसैलाई आधार बनाएर टुङ्ग्याउने नेताहरूको दाबी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?