टुंडिखेलमा गौरा, गौरामा देउडा

काठमाडौं । नेपालको सुदूर तथा मध्यपश्चिमक्षेत्रमा स्थायी घरभई हाल ब्यापार, ब्यवसाय, उच्चशिक्षा उध्ययन तथा रोजगारको सिलसिलामा राजधानी काठमाडौंमा स्थायी र अस्थायी रुपमा बसोबास गर्दै आएकाहरुले आज टुडिखेल गौरा पर्व मनाउदै छन् । 

गौरा पर्व–२०७५ आयोजक समितिले सबैलाई १२ वजे गौरा पर्व मनाउन टुडिखेलमा आमन्त्रण गरेको छ । विहान कोटेश्वरस्थित महादेव मन्दिर परिसरमा गौरा माइको पूजा जारी छ । 

गौरा माईको पूजा सम्पन्न भएसंगै गौरा अर्थात गौरीको मूर्ति वर्तालु महिलाहरुले शिरमा राखेर टुडिखेलसम्म ल्याउने कार्यक्रम रहेको छ । 

काँस, कुश र साँउबाट निर्मित मूर्ति वर्तालु महिलाहरुले पैदल यात्राबाट नै महादेवमन्दिरबाट बोकेर टुडिखेल पु¥याउने छन् । आयोजक समितिका अध्यक्ष अम्वादत्त भट्टले १२ वजे पछि टुडिखेलमा पूजाआजा गरी साँस्कृतिक कार्यक्रम सञ्चालन हुने जानकारी दिएका छन् । 

गौरा पर्व मनाउन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द र पूर्व उपप्रधान तथा रक्षामन्त्री भीम बहादुर रावललाई अतिथिको रुपमा आमन्त्रण गरिएको छ । 

कार्यक्रममा सुदूरपश्चिमका अतिरिक्त कर्णाली, सुर्खेत लगायतकाहरुको समेत सहभागि हुने जनाइएको छ । गौरामा देउडा, देउडामा टुडिखेल रमाउने अपेक्षा गरिएको छ । 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?