निर्मला बलात्कारपछि हत्या प्रकरण : २५ दिनपछि मुख्य अभियुक्त पक्राउ

बलात्कारपछि घाँटी थिचेर हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगर नगरपालिका–२ की ११ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेका छन् ।

घटना भएको २५ दिनपछि बलात्कारपछि भएको हत्यामा संलग्न मुख्य अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय दिलिपसिंह विष्ट रहेको प्रहरीले जनाएको छ । 

प्रारम्भिक सोधपुछमा उनले आफ्नो कसुर स्वीकार गरेको बुझिएको छ  ।

भीमदत्त नगरपालिकास्थित सरस्वती माविको कक्षा १० मा अध्ययनरत् पन्त १० साउनमा हराएकी थिइन् ।

उनको शव भोलिपल्ट उखुबारीमा भेटिएको थियो ।

पोष्टमार्टम रिपोर्टले उनको घाँटी थिचेर हत्या भएको पुष्टि गरेको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?