अब दुईदेखि ७ प्रतिशत ब्याजमा २० करोड रुपैयाँ कर्जा लिन पाउने

लोकपथ
36.7k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जा कार्यविधीलाई संसोधन गरेको छ । राष्ट्र बैंकले मंगलबार अनुमतीप्राप्त सबै किसिमका बैंक तथा वित्तीय संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दे संसोधित व्यवस्था अनुसार पुनरकर्जा उपलब्ध गराउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकका अनुसार पुनरकर्जा कार्यबिधि २०७७ को चौथौ संसोधित व्यवस्था अनुसार ग्राहकहरुले न्युनतम दुईदेखि सात प्रतिशतसम्म ब्याजमा १५ लाखदेखि २० करोड रुपैयाँसम्म कर्जा पाउन सक्ने सिमा तोकिएको छ । यस्तो कर्जा सुविधा उपभोग गर्नको लागि भने ग्राहकहरु लघु घरेलु तथा साना, विशेष र साधारण पुनरकर्जा पाउन योग्य हुनु पर्ने व्यवस्थामा उल्लेख छ ।

कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असरलाई सम्बोधन गर्न थप श्रोत आवश्यक पर्ने भएकोले पुनरकर्जा प्रयोजनको लागि प्राप्त हुने कुल श्रोत रकमको अधिकतम चार दशमलव १२ गुणासम्म अर्थात दुई खर्व १२ अर्व ८८ करोड ननाघ्ने गरी, बैंकले पुनरकर्जा प्रदान गर्न सक्ने गरी सीमा तोकिएको संसोधित व्यवस्थामा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार पुनरकर्जालाई लघु घरेलु तथा साना उद्यम पुनरकर्जा, विशेष पुनरकर्जा र साधारण पुनरकर्जामा बर्गिकरण गरिएको छ । सो अनुरुप लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा अन्तर्गत उद्यमी स्वयंसंलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाख रुपैयाँसम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुनरकर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा मानिने छ ।

विशेष पुनरकर्जा अन्तर्गत भने बैंकले समय समयमा कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनरकर्जालाई विशेष पुनरकर्जा मानिनेछ । यसअन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, अपांगता भएका व्यक्तिले सञ्चालन गरेका उद्यम/व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न, दश मेगावाट भन्दा साना जलविद्युत् आयोजनाहरु, ब्रोडवेण्ड प्रवर्धन गरी सर्वसाधारणमा इन्टरनेट पहँुच पुर्याउने गरी दुर्गम स्थानहरुमा सेवा पुर्याउने इन्टरनेट सेवा प्रदायक संस्थाहरु, विद्युतीय भुक्तानी प्रणालीको समग्र इको सिस्टमको विकास र प्रवद्र्धनमा लगानी गर्ने भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली संचालक र सञ्चार सेवा प्रदायक संस्थाहरु तथा नेपाल सरकारबाट महामारी जन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न प्रदान गरिएको पुनरकर्जा हरू पर्ने संसोधित व्यवस्थामा उलेख छ । साधारण पुनरकर्जा अन्तर्गत भने माथिको दुबै वर्गीकरणमा नपरेका र बैंकले समय समयमा तोकेको सबै पुनरकर्जाहरूलाई साधारण पुनरकर्जा मानिने छ ।

लघु घरेलु तथा साना उद्यम पुनरकर्जाको लागि नेपाल राष्ट्र बैंकले लिने व्याजदर चार प्रतिशत तोकिएको छ भने अनुमती प्राप्त बैंक तथा फाइनान्स कम्पनीहरुले ग्राहकसँग लिने ब्याजदर सात प्रतिशत तोकिएको छ ।

यसैगरी, विशेष पुनरकर्जा अन्र्तगत राष्ट्र बैंकले लिने व्याजदर दुई प्रतिशत तोकिएको छ भने ग्राहकबाट लिने व्याजदर पाँच प्रतिशत तोकिएको छ । साधारण पुनरकर्जा अन्तर्गत भने राष्ट्र बैंकले लिने व्याजदर पाँच प्रतिशत तोकिएको छ भने बैंक तथा फाईनान्स कम्पनीहरुले ग्राहकसंग लिने ब्याजदर सात प्रतिशत तोकिएको छ ।

त्यस्ता, एकमुष्ट रुपमा प्रदान गरिने पुनरकर्जाको अवधि बढीमा एक वर्षको हुनेछ र यस्तो कर्जा नवीकरण हुनेछैन । ग्राहक ऋणी अनुसार प्रदान गरिने पुनरकर्जाको हकमा कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीको लागि, लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई र निजी क्षेत्रबाट संचालन भएका आर्थिक रुपले संकटग्रस्त जलबिद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका दश मेगावाट भन्दा साना जलबिद्युत् आयोजनालाई तथा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीको लागि छ महिना अवधिको हुनेछ । नेपाल राष्ट्र बैंक ऐन,२०५८ ले तोकेको व्यवस्थानुसार बैंकले यस्तो पुनरकर्जा नवीकरण गर्न सक्नेछ ।

इजाजतपत्रप्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनरकर्जाको अधिकतम सीमा पाँच करोड रुपैयाँसम्म हुने छ । यसरी एकमुष्ट प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशतभन्दा बढी हुने छैन । बैंकले ग्राहक अनुसार मूल्यांकन गरी उपलब्ध गराउने पुनरकर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोड रुपैयाँसम्म हुने छ ।

तर, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट स्थापना गर्न तथा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न प्रदान गरिने कर्जाको हकमा प्रति ग्राहक ऋणी रु ५० करोडसम्म पुनरकर्जा प्रदान गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन । यसरी ग्राहक प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुने छैन ।

बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी हुने छैन । तर, बुँदा नं. १, २ र ३ मा उल्लेखित सीमालाई गभर्नरले पुनरकर्जाको माग, आवश्यकता र औचित्यताको आधारमा हेरफेर गर्न सक्नेछ ।

प्रति ग्राहक १५ लाख सम्मको लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, पाँच करोड रुपैयाँसम्मका विशेष र साधारण पुनरकर्जा वाणिज्य बैंक,विकास बैंक र फाइनान्स कम्पनीह्रुलाई एकमुष्ट रूपमा प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?