सुनको मुल्यमा नयाँ रेकर्ड कायम कतिमा हुँदैछ कारोबार ?

लोकपथ
35
Shares

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । नेपाली बजारमा आज सुन प्रतितोला १६ सय रुपैयाँले बढेको हो। आज छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले बढेर एक लाख ४० हजार रुपैयाँ पुगेको छ । हिजो एक लाख ३८ हजार ४ सयमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ भने आज चाँदी प्रतितोला ६० रुपैयाँले बढेर एक हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?