एनआईसी एसियाको मोबाइल बैंकिङ एपमार्फत २ महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

लोकपथ
182
Shares

काठमाडौं । एनआईसी एसिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजना ल्याउने क्रममा आफ्नो मोबाइल बैंकिङ एप (एनआईसी एसिया मोबैंक) मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ।

बैंकले २०७८ चैत १ देखि २०७९ वैशाख ३१ सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकले ‘एनआईसी एसिया मो बैंक’ प्रयोग गरी देशको कुनै एक ठाउँबाट अर्को ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन्। एनआईसी एसिया मो बैंकमार्फत आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने यस सुविधाबाट बैंकका ग्राहकले आफ्ना परिवारजन तथा आफन्तजनलाई सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सक्नेछन्।

यस योजनाअन्तर्गत ग्राहकले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो एनआईसी एसिया मोबैंकबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन्। यसका लागि ग्राहक महानुभावहरूले आफ्नो मोबाइलमा रहेको एनआईसी एसिया मोबैंकभित्र रहेको सेन्ड रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नेछन्।

यस माध्यमबाट पठाएको रकम देशभर रहेका बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टबाट नगद रकम सहजै झिक्न सकिनेछ।

यसका साथै बैंकका कुनै एक ग्राहकवले अर्को कुनै ग्राहकलाई पठाएको रेमिट रकम एनआईसी एसिया मोबैंकबाट सहजै बुझन सकिने नवीन सुविधासमेत यस एपमा रहेको छ। यसका लागि ग्राहकले एनआईसी एसिया मोबैंकभित्र रहेको रेमिट्यान्स आइकनमा ट्याप गरेर रिसिभ रेमिटभित्र आफूलाई प्राप्त रकम र युनिक पिन विवरण राखेपश्चात् रकम खातामा स्थानान्तरण गर्न सक्नेछन्।

यो दुई महिने निःशुल्क रेमिट्यान्स योजनाबाट ग्राहकलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झटबाट मुक्ति मिल्नुका अलावा उनीहरुको अमूल्य समयको बचत भई डिजिटल रेमिट्यान्स कारोबारको प्रवर्द्धनमा सहयोग मिल्ने विश्वास बैंकले लिएको छ।

आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालय, ४७३ एटीएम, ९८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ। उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रु. २ अर्ब ८३ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ। जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरुको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरु स्थापना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?