एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

लोकपथ
52
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले साउदी अरेबियामा भएको वाफ महिला च्याम्पियनसिप २०२४ मा उपविजेता बनेको राष्टिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ।

सोमबार ललितपुरको होटल हिमालयनमा विशेष कार्यक्रम आयोजित गरेर बैंकले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रर्दशन गरेर राष्ट्रको गरिमा उच्च राख्न अतुलनीय योगदान गरेको भन्दै राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको हो ।

बैैंकले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा आयोजित उक्त सम्मान कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यहरूलाई जनही २५ हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरेको हो।

साथै, उक्त कार्यक्रमका बीच बैंकले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगरलाई ब्राण्ड प्रमोटर घोषणा गरेको छ। वाफ च्याम्पियनसिपमा पहिलो पटक सहभागी भएको टोली फाइनलसम्म पुगेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?